५७ सटरको सम्झौता खारेज

title
बुधबार, अशोज ३, २०७५

काठमाडौं । सरकारले कालीमाटी र बालाजु तरकारी तथा फलफल बजारका ५७ वटा सटरको सम्झौता खारेज गरेको छ ।

कृषि तथा पशुपंक्षी मन्त्रालयले कालीमाटीका ५१ र बालाजुका ६ सटर संचालकलाई कारवाही स्वरुप सम्झौता तोड्ने निर्णय गरेको हो । सटर भाडामा लिएर आफुले कारोबार नगरी बीचमा धेरै मुनाफा राखी बेचेपछि खारेज गर्ने निर्णय गरेको कृर्षी तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताउनुभयो ।

खारेजीमा पर्नेमा थोक खुद्रा,माछा बजार, केज भण्डार, फलफुल पसल रहेका छन् । मन्त्रालयले १ सय ३१ व्यवसायीलाई सचेत गराएको छ भने ९८ व्यवसायी उपर कारवाही प्रकृया अघि बढाएको छ । आजको नागरिक दैनिकमा खबर छ ।