५ वर्षीय बालक दुई वर्षदेखि दाम्लोमा

title
आइतवार, मंसिर ९, २०७५

फिदिम । पाँचथरको मिक्लाजुङ– ५ पाङ्तुवाकी शिला चेम्जोङले दोस्रो बिहे गरेपछि नाबालक छोरालाई दाम्लोमा बाँधेर राखिएको छ ।  हजुरबुवा भुवनसिंह सम्बाहाम्फे र हजुरआमाले पाँच बर्षीय मित्रहाङलाई दुई वर्षदेखि ओखलीमा बाँधेर राखेका हुन् । उनका बुवा आसिकराम विदेशमा छन् ।

उनको दायाँ खुट्टा दाम्लोले बाँधिएको छ । उनी दाम्लो खोल्ने प्रयत्न गरिरहन्छन् । नसकेपछि उनी रुँदै चिसो भुँइमा लडिबुडी गर्छन् । यो खबर समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ ।