जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • ६९.८० अंकले बढ्यो नेप्से, १२ अर्ब ९५ करोडको कारोबार

६९.८० अंकले बढ्यो नेप्से, १२ अर्ब ९५ करोडको कारोबार

काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अंकले बढेको छ ।

आज बजार ६९.८० अंकले बढेर २७२७.५८ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।

बजार बढेसंगै कारोबार रकम पनि बढेको छ । आइतबार १२ अर्ब ९५ करोड ५७ लाख रूपैयाँको कारोबार भएको छ।

आज २ सय २ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा ३ कम्पनीको भने स्थिर रहेको छ।

पछिल्लो समय पटकपटक करेक्सन र साइडवेजमा रहँदै आएको सेयर बजारमा यो हप्ताको सुरुवातमै उच्च अंकको वृद्धि भएको हो। अब २८०० बिन्दुको ब्रेक आउट गरेर अगाडि बढ्ने अनुमान गरिएको छ।

धेरै टिप्पणी गरिएका