६ खर्ब बराबरका डेढ दर्जन परियोजनाको काम भइरहेको लगानी बोर्डको दाबी

title
आइतवार, साउन २७, २०७५

काठमाडै । लगानी बोर्डले हालसम्म करीब रु ६ खर्ब बराबरका डेढ दर्जन परियोजनाको काम अघि बढाएको छ ।

बोर्डले प्रवद्र्धन गरेका केही परियोजना निर्माणको चरणमा तथा केही प्रक्रियामा रहेको समेत जनाएको छ । सिंहदरबारमा आईतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा लगानीबोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भारतीय प्रवद्र्धक सतजल विद्युत् निगमले प्रवद्र्धन गरेको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गर्न थालिएको जानकारी दिनुभयो ।

लगानी बार्डको कामका बारेमा जानकारी गराउँदै ५०० मेघावाट भन्दा बढिका आयोजनाको बारेमा अध्ययन भईरहेको बताउनुभयो । नेपालमा लगानी गर्न चाहने देशलाई दुतावासमार्फत सहजीकरणको काम पनि बोर्डले गरिरहेको उहाको भनाई छ ।
दीर्घकालीन महत्वका ठूला परियोजनामध्ये केही निर्माणको चरणमा गएको र केही प्रक्रियामा रहेको उहाले जानकारी दिनुभयो ।

बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव डाक्टर बैकुण्ठ अर्यालले अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र त्यसअन्र्ततका कानुनी विषय आर्थिक ऐनमा पनि उल्लेख गरिएकाले द्विविधामा बस्नु नपर्ने उल्लेख बताउनुभयो ।