६ महिने बालकको मुखमा एसिड फ्याँकेपछि

title
बिहिबार, अशोज ४, २०७५

अछाम । अछाम जिल्लाको जिल्लाको तुर्माखाद गाउँपालिका(४ चिसिका ६ महिनाका बालक मुस्कान बयकमाथि एसिड खन्याइएको छ । अपरिचत व्यक्तिले घरमा सुताइ राखेको अवस्थामा मंगलबार बिहान ११ बजेतिर एसिड जस्तै मानिने ‘कोरिसिभ’ केमिकल अनुहारमा फ्याँकेको जनाइएको छ ।

उक्त केमिकलबाट बच्चाको स्वास्थ्य अवस्था गम्भिर बनेको छ ।  घरमा छोरालाई छोडेको पाँच मिनेट मात्रै भएको थियो। अरु घरमा कोहि थिएन, आमा देवसरा बयकले भनिन्, म भैंसीलाई पानी खुवाउँदै थिएँ । छोरा रोएपछी घर आएँ । उसलाई निकै गाह्रो भैसकेको थियो। श्रीमान् पनि खेतबारीको काममा निस्केको मौकमा छोरामाथी आक्रमण भएको उनको भनाइ छ।

घरबाट नजिकको स्वास्थ्य संस्थामा लिँदा त्यताबाट कमलबजार रेफर गरेको र कमलबजारबाट जिल्ला अस्पतालमा पुर्‍याउँदा अवस्था गम्भीर भइसकेकाले नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा रेफर गरिएको अस्पतालका डा. मनोज बिष्टले बताए।

‘यहाँ अक्सिजन दिने लगायतका सामान्य उपचारपछि तुरुन्त रेफर गरिसकेका छौँ’ डा. बिष्टले भने । बालकमाथि भएको घटना सार्वजनिक भएपछि प्रहरीले अनसुन्धान जारी राखेको प्रहरी नायव निरीक्षक टेकबहादुर रावतले बताए।