६ हजार चिकित्सकले फिर्ता गरे लाइसेन्स – अस्पताल ठप्प

title
सोमवार, भदौ १८, २०७५

काठमाडौं– फौजदारी संहिताका केही बुँदाप्रति असन्तुष्टि जनाउँदै चिकित्सकहरू आन्दोलित भएपछि आइतबार देशभरको स्वास्थ्य सेवा प्रभावित भए ।

चिकित्सकहरुले उपचार नगरी आइतबार राजधानीलगायत जिल्ला सदरमुकामहरुमा प्रदर्शन गरेका थिए । संघले (आज) सोमबार समेत देशभरका स्वास्थ्य संस्थाको प्रशासनिक काम बन्द गर्ने जनाएको छ ।

यस्तै मंगलबार आकस्मिकबाहेकका अन्य अन्तरंग सेवामा बिरामी भर्ना नलिने, बुधबारदेखि आकस्मिक सेवा बाहेक अन्य शल्यक्रिया बन्द गर्ने, बिहीबारदेखि आकस्मिकबाहेक ल्याब तथा रेडियोलोजी सेवा बन्द गर्ने कार्यक्रम संघले राखेको छ ।

संहिताको विरोधमा आइतबार चिकित्सकहरुले आ–आफ्ना लाइसेन्स मेडिकल काउन्सिलमा फिर्ता गरेका छन् । संघले देशभरबाट संकलन गरेको छ हजार लाइसेन्स काउन्सिललाई फिर्ता गरेको चिकित्सक संघले जनाएकाे छकारी दिए । यसबारे छिटो समाधान खोज्न सरकारलाई बिधायन समितिले पनि निर्देशन दिइसकेको छ ।

यसैबीच सरकारले अपराध संहिताका उपचारसँग सम्बन्धित केही बुँदा संशोधनको माग गर्दै हडतालमा उत्रिएका चिकित्सकलाई विरोधका कार्यक्रम स्थगित गरी वार्तामा आउन आग्रह गरेको छ ।