७ दिनको शिशु झोलामा हालेर हिँडेपछि

title
शनिबार, साउन १२, २०७५

धादिङ – शिशुलाई झोलामा राखेर बसमा जाँदै गरेका एक युवकलाई खानीखोला प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंबाट गोरखा जाँदै गरेको बा ३ ख ७४८२ नम्बरको यात्रुबसमा प्लाष्टिक झोलामा सिक्री लगएर लुकाएको ७ दिने शिशु प्रहरीले फेला पारेको थियो ।

शिशु झोलामा हालेर लैजने उनैका बावु सरोज तामाङ हुन् । आजको कान्तिपुरको पृष्ठ ४ मा यो समाचार छापिएको छ ।

धादिङको गगाजमुना १ रिगाउँका सरोजले लुकाएर राखेको झोलाभित्र बालक रोएपछि सहचालकले प्रहरीलाई खबर गरेका थिए ।