७ प्रदेशका १२ ठाउँमा कांग्रेसको सुझाव संकलन

title
बुधबार, अशोज ३, २०७५

काठमाडौं । नयाँ संरचा अनुसार विधान तयार पारीरहेको नेपाली कांग्रेसले ७ प्रदेसका १२ स्थानमा सुझाव संकलन गर्ने तयारी गरेको छ ।

सुझाव संकलन गर्न ७ प्रदेशका १२ ठाउँमा ८ देखि १३ असाेजसम्म कार्यक्रम गर्न तयारी अघि बढाएको कांग्रेसले जनाएको छ । जस अनुसार प्रदेश १ देखि ५ सम्म २–२ स्थान र प्रदेश ५ र ६ मा १–१ स्थानमा सुझाव लिइनेछ ।

विधान समिति सदस्यसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले ८ देखि १३ असोजसम्म ७ वटै प्रदेशका विभिन्न १२ स्थानमा सुझाव लिइने बताउनुभयो ।