
काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । मंगलबार प्रतितोला एक लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले घटेको हो ।
यसदिन छापावाला सुन प्रतितोला एक लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन तोलामा १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।