९० दिनमा एक हजार १७ चेक बाउन्सको उजुरी

title
शनिबार, कार्तिक १०, २०७५

काठमाडौं – काठमाडौंमा चेक बाउन्सका घटना अत्याधिक बढेका छन् । पछिल्ला ९० दिनमा महानगरीय प्रहरी परिसरमा चेक बाउन्सका एक हजार १७ उजुरी दर्ता भएका छन् ।

छोटो समयमा धेरै उजुरी परेका कारण प्रहरीले अधिकांशको अनुसन्धान गरी मुद्दा चलाउन सकेको छैन । प्रहरीमा परेका उजुरीमध्ये ७४१ ‘पेन्डिङ’मा छन् । आजको नयाँ पत्रिकामा समाचार छापिउको छ ।

१६३ उजुरीमाथि मात्रै अनुसन्धान गरी मुद्दा चलाइएको छ । ११३ उजुरी भने फिर्ता गरिएका छन् । पेन्डिङमा रहेका चेकमा उल्लेख गरिएको एक अर्ब १३ करोड ४१ लाख ४९ हजार १८८ रुपैयाँ रहेको महानगरी प्रहरी परिसर काठमाडौंले जनाएको छ।

परिसरमा दैनिक १५-२० वटा चेक बाउन्ससम्बन्धी उजुरी दर्ता हुने गरेका छन् । उजुरीमा एउटै चेक पाँच करोड रुपैयाँसम्मका छन् । खासगरी जग्गा कारोबार तथा अनाधिकृत व्यवसायमा संलग्न व्यक्तिले यस्ता चेक काट्ने गरेका प्रहरी अनुसन्धानबाट खुलेको छ।