
काठमाडौं। राष्ट्रिय सभामा नेकपा एमाले सांसद सोनाम गेल्जेन शेर्पाले अध्यादेश संवैधानिक भएकाले अस्वीकार गर्नुको कुनै कारण नरहेको बताएका छन् ।
आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अध्यादेश संवैधानिक व्यवस्था भएकाले सबैले स्वीकार गर्नुपर्ने बताए ।
उनले आफूलाई पायक पर्दा स्विकार्ने, पायक नपर्दा अस्वीकार गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी रहेको बताए ।
विगतमा अध्यादेश आफ्नो स्वार्थका लागि आएको भन्दै अहिले स्वार्थ केन्द्रित अध्यादेश नभएको बताए ।
उनले जनताको हितमा, लगानीमैत्री वातावरण बनाउन, सुव्यवस्थित समाज निर्माणका लागि अध्यादेश ल्याइएको बताए ।
उनले द्रुत गतिमा संसदमा काम गर्न नसके देशलाई अग्रगति दिन नसकिने बताए ।