
पर्सा– प्रहरीले अनलाइनमार्फत ठगी गर्ने दुईजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पर्सा प्रहरी प्रमुख कुमोध ढुङ्गेलले हिजो साँझ पर्साको वीरगन्जबाट उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।
उनीहरूमाथि अनुसन्धान भइरहेकाले प्रहरीले नाम गोप्य राखेको छ । पक्राउ परेकाहरूले वीरगन्जको लक्ष्मणवामा कार्यालय स्थापना गरी अनलाइनमार्फत ठगी गर्ने गरेको खुलेको छ ।
पक्राउ पुगेकाहरूबाट ८० थान डेस्कटप मनिटर, २५ थान मोबाइल, ल्यापटपका सामानलगायत बरामद गरेको ढुङ्गेलले जानकारी दिए । उनीहरूले २ महिनादेखि घर भाडामा लिएर अनलाइन ठगी धन्दा चलाइरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
चिनियाँ नागरिकहरूको गतिविधिमा शंका लागेपछि प्रहरीले केही सातादेखि उनीहरूको निगरानी गरिरहेको थियो ।