जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • १ घन्टा अगाडि
  • होमपेज
  • अपराधलाई नियन्त्रण गर्न समयमै सम्पत्ति ट्रेसिङ गर्नु पर्ने भारतीय प्रधानमन्त्री मादीको जोड

अपराधलाई नियन्त्रण गर्न समयमै सम्पत्ति ट्रेसिङ गर्नु पर्ने भारतीय प्रधानमन्त्री मादीको जोड

नयाँ दिल्ली– आपराधिक गतिविधिबाट सृजित सम्पत्तिलाई निरुत्साहित गर्न समयमै सम्पत्ति ट्रेसिङ गर्नु पर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जोड दिए।

कोलकातामा भएको जी–२० अन्र्तगत भ्रष्टाचार विरोधी कार्य समूहको तेस्रो र अन्तिम मन्त्रीस्तरीय बैठकलाई भिडियो कन्फरेन्समार्फत सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले २०१४ मा भएको आफ्नो पहिलो जी–२० शिखर सम्मेलनको स्मरण गरे।

उक्त शिखर सम्मेलनमा सबै जी–२० आवद्ध देशहरू र ग्लोबल साउथका लागि फरार आर्थिक अपराधीहरूको चुनौतीहरूको बारेमा बोल्दै, भारतीय प्रधानमन्त्रीले फरार आर्थिक अपराधीहरू विरुद्ध कारबाही र सम्पत्ति पुनः प्राप्तिको लागि नौ बुँदे एजेन्डा प्रस्तुत गरेको उल्लेख गरे ।

भारतीय प्रधानमन्त्री मोदीले सूचना आदानप्रदान मार्फत कानून कार्यान्वयनमा सहयोग, सम्पत्ति असुली संयन्त्रको सुदृढीकरण र भ्रष्टाचार विरोधी निकायको निष्ठा र प्रभावकारिता अभिवृद्धि गरी तीनवटा प्राथमिकताका क्षेत्रमा कार्यमुखी उच्चस्तरीय सिद्धान्तको स्वागत गरे ।

यसैबीच, भारतीय प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्धको लडाइमा जी–२० राष्ट्रहरूको सामूहिक प्रयासले महत्वपूर्ण सहयोग पुग्ने र बढ्दो अन्तर्राष्ट्रिय सहयोग र भ्रष्टाचारको मूल कारणलाई सम्बोधन गर्ने बलियो उपायहरूको कार्यान्वयनबाट ठूलो भिन्नता ल्याउन सकिने बताए।

उनले भ्रष्टाचार विरुद्धको लडाईमा लेखापरीक्षण संस्थाको भूमिका र प्रशासनिक र कानुनी प्रणालीलाई सुदृढ गर्दै मूल्य प्रणालीमा नैतिकता र इमान्दारीताको संस्कृतिलाई बढावा दिनका लागि पनि प्रकाश पारे।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका