
उत्तरी अफगानिस्तानको बदख्सान प्रान्तको कोक्चा नदीमा यात्रुवाहक गाडी खसी दुर्घटनाग्रस्त हुँदा छ जनाको मृत्यु भएको प्रान्तीय सूचना तथा संस्कृति विभागले जनाएको छ । विज्ञप्तिका अनुसार आइतबार राती गाडी प्रान्तको राजधानी फैजाबाद सहरतर्फ गइरहेको अवस्थामा दुर्घटना भएको हो । स्थानीय बासिन्दा तथा उद्धारकर्ताहरू घटनास्थलमा पुगी घाइतेको उद्धार गर्नुका साथै शवहरू निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ । स्रोतका अनुसार गत हप्ता मात्र यही क्षेत्रमा यात्रु वाहक गाडी दुर्घटना हुँदा महिला तथा बालबालिका सहित आठ जना यात्रुहरूको ज्यान गएको थियो ।