जोडिनुहोस

हालको खबर

Bilan Expert Betify Casino Éléments Majeurs
  • ११ घन्टा अगाडि

Betify Casino – Examen Complet 91

  • १३ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • १३ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • १५ घन्टा अगाडि
  • १५ घन्टा अगाडि
  • होमपेज
  • अर्थसहित ८ मन्त्रालयमा कांग्रेसको दाबी

अर्थसहित ८ मन्त्रालयमा कांग्रेसको दाबी

काठमाडौँ—नेपाली कांग्रेसले सरकारमा सहभागी हुँदा अर्थ मन्त्रालयसहित कम्तीमा ८ मन्त्रालयमा दाबी गर्ने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलमा र गठबन्धन बैठकमा अहिलेसम्म भएका छलफलबारे शनिबार पदाधिकारी बैठकमा ब्रिफिङ भएको थियो। जसमा अर्थसहित ८ मन्त्रालयमा दाबी रहेको पदाधिकारीलाई जानकारी दिइएको थियो।

प्रधानमन्त्री दाहालले ११ दल मिलाउनुपर्ने भन्दै कांग्रेसलाई ७ मन्त्रालय लिएर सहयोग गरिदिन आग्रह गरिरहेको बताइएको छ । ।

कांग्रेसले उपसभापति पूर्णबहादुर खड्कासहितलाई सरकारमा पठाउने तयारीसमेत गरेको छ।

खड्कालाई उपप्रधानमन्त्रीसहित अर्थ वा रक्षा मन्त्रीको जिम्मेवारी रहने गरी सरकारमा पठाउने तयारी रहेको छ । यद्यपी, खड्काले आफू मन्त्री नबन्ने सार्वजनिक रूपमा बताउँदै आएका छन्।

उपसभापति खड्का मन्त्री बन्न नचाहेमा पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई उपप्रधानमन्त्रीसहित कुनै मन्त्रालय लिने गरी सरकारमा पठाउने तयारीमा सभापति देउवा छन्।

कांग्रेसले कसको नेतृत्वमा सरकारमा सहभागी हुने केन्द्रीय कार्यसम्पादन र संसदीय दल बैठकबाट निर्णय गर्ने तयारीसमेत गरेको छ।

मन्त्री छान्दा योग्यता, क्षमता र समावेशीतालाई ध्यान दिने पनि कांग्रेसले बताएको छ। सात प्रदेशबाट एक—एक जना प्रतिनिधित्व हुने गरी मन्त्री पठाउने तयारीमा कांग्रेस छ। केन्द्रीय कार्यसम्पादन समिति बैठकले नै मन्त्री छान्ने मापदण्ड बनाइसकेको छ।

प्रधानमन्त्री दाहालले दुईतीन दिनभित्र मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका छन्। दाहालले १६ मन्त्रालय आफैंले हेर्दै आएका छन्।

प्रधानमन्त्री दाहालले विश्वासको मत दिएका सबै दलसँग एक पटक भेटवार्ता गरेर मन्त्रालयबारे कुराकानी गरिसकेकोले अब सत्ता गठबन्धन बैठक राखेर मन्त्रालय प्रस्ताव गर्ने तयारीसमेत गरेका छन्।

सरकार बिस्तार लगायतबारे माओवादी पदाधिकारी बैठकमा शनिबार छलफल भएको थियो। नेता देवेन्द्र पौडेलका अनुसार सोमबारभित्र मन्त्रिपरिषद बिस्तार गर्न गृहकार्य भइरहेको छ।

दाहालले गत चैत ६ मा विश्वासको मत लिएका थिए।

उनले दुईरचार दिनभित्र मन्त्रिपरिषद बिस्तार गरिसक्ने बताए पनि ुभाकाु नाघेको छ।

मन्त्रिपरिषद बिस्तारमा ढिलाइ हुँदा सरकारका कामकारबाही प्रभावित हुने गरेका छन्। कसले कति मन्त्रालय र कुन(कुन मन्त्रालय लिने टुंगो लगाउन सकस परेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Bilan Expert Betify Casino Éléments Majeurs