
सर्लाहीमा अस्ति र हिजो परेको असिनापानीले ठूलो क्षति पुर्याएको छ । हावाहुरीसहितको असिनापानीले गहुँ, मकै, दलहन तथा फलफूलका बाली नष्ट गरेको हो । असिनापानीले बरहथवा, हरिपुर, कविलासी र बागमती नगरपालिकामा सबैभन्दा धेरै बाली नष्ट गरेको छ । काटेर भित्र्याउने अवस्थामा रहेको गहुँ असिनापानीले नष्ट गरेको हरिपुर नगरपालिका–१ का किसान सुनिल सिंहले गुनासो गर्नुभयो ।
असिनापानीले दलहन बाली मुसुरो, चना, खेसरी, लहर तथा फलफूल आँप, लिची, कटहरका फूल नष्ट गरेको छ । असिनापानीले फूल झारेपछि यस वर्ष फलफूल उत्पादनमा कमी आउने देखिएको छ । यस्तै हावाहुरीले फल्दै गरेको मकै ढालेर सखाप पारेको बरहथवाका किसान महेश बरालले बताउनुभयो ।