जोडिनुहोस
  • होमपेज
  • अस्पताल बनाएर मात्रै पुग्दैन, क्षमतावान जनशक्ति पनि चाहिन्छ ; मन्त्री पौडेल

अस्पताल बनाएर मात्रै पुग्दैन, क्षमतावान जनशक्ति पनि चाहिन्छ ; मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पताल बनाएर मात्रै नहुने भन्दै उपचार गर्नसक्ने क्षमतावान चिकित्सक उत्पादन गर्न जरुरी रहेको बताएका छन् ।

सोमबार काठमाडौँमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको पाँचौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले जनशक्ति उत्पादित रहेको तर अस्पताललाई आवश्यकता पर्ने जनशक्ति उपलब्ध हुन नसकेको बताएका हुन् ।

उपत्यकाभित्र निर्वाह हुने स्थिति रहे पनि उपत्यकाबहिर कतिपय स्वास्थ्य संस्थाहरू शून्यताको स्थिति रहेको बताए । आफ्नो भूगोलमा योगदान गर्छु भनेर उपत्यका बाहिर गएर सेवा गर्ने अठोट गर्न जरुरी रहेको बताए ।

जनशक्तिको उन्नयनको पक्षमा अझ बढी फराकिलो क्षेत्र बनाएर नीतिगत व्यवस्था गरेर आउन जरुरी रहेको बताए। आवश्यक जति तलव दिन नसके पनि निर्वाह हुने सम्मको तलब सुविधाको व्यवस्था गर्न आवश्यक रहेको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका