
मोरङ । मोरङको उर्लाबारीमा एक सुन पसलमा लागेको आगो निभाउने क्रममा ४ प्रहरीसहित २२ जना घाइते भएका छन् ।
आइतबार साँझ मोरङको उर्लाबारी नगरपालिका– ७ मा रहेको दीपक कार्कीको घरमा रहेको सुन पसलमा लागेको आगो निभाउने क्रममा उनीहरु घाइते भएका हुन् ।
घाइतेहरुमा उर्लाबारीका स्थानीय र उर्लावारीमै कार्यरत ४ जना प्रहरी रहेको प्रहरीले जनाएको छ । घाइतेहरूमध्ये १० जनाको झापाको बिर्तामोडमा उपचारका लागि पठाइएको छ । यस्तै ९ जनाको विराटनगर, २ जनाको उर्लाबारीकै गोदावारी तथा १ जनाको अरनिको अस्पतालमा उपचार भइरहेको छ ।
सुन पसलभित्र आगलागी भएपछि सटर खोल्दा आगोको मुस्लोले लागेर उनीहरू घाइते भएको स्थानीयले बताएका छन् । करिब ३ घन्टापछि मध्यरात १२ बजे आगलागी नियन्त्रणमा आएको थियो ।