
काठमाडाैँ— हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ। देशका पहाडी भू(भागमा आंशिक रही देशका बाँकी भू—भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसोː कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू—भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू—भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू—भागका थोरै स्थानहरूमा र देशका बाँकी भू—भागका एक—दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ ।
रातीː देशको पहाडी भू—भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू—भागका एक—दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ