
काठमाडौँ । नेपाल सुनचाँदी महासंघका अनुसार लगातार दोस्रो दिन सुनचाँदीको मूल्य घटेको छ । महासंघका अनुसार हिजो मंगलबार पनि सुनचाँदीको मूल्य घटेको थियो । यस्तै, पनि पनि यसको मूल्य घटेको हो ।
महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० र चाँदीको मूल्य ४५ रुपैयाँले घटेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख १० हजार ४५० रुपैयाँ कायम छ ।
हिजो मंगलबार छापावाल सुनको मूल्य १ लाख ११ हजार ८०० र तेजाबी सुनको मूल्य १ लाख ११ हजार २५० रुपैयाँ कायम थियो । हिजो सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको थियो । यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेको थियो । हिजो १४ सय ३० रुपैयाँ कायम रहेको चाँदी आज १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।