
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै सुनको मूल्य तोलामा १०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ कायम छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ५५० रुपैयाँ कायम थियो ।
हिजो मंगलबार सुनको मूल्य ३०० रुपैयाँले घटेर कारोबारमा आएको थियो । यस्तै, सोमबार समेत सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको महासंघले जानकारी दिएको छ । सुनसँगै आज चाँदीको मूल्य पनि घटेको छ ।
महासंघकाअनुसार आज तोलामा १० रुपैयाँले घट्दै चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम छ । हिजो मंगलबार चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ कायम थियो ।