
काठमाडौं। आज मन्त्रिपरिषद्को बैठक बस्दैछ ।मंगलवार अपराह्न ४ बजे मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने जानकारी दिएका छन् ।
उनका अनुसार प्रधानमन्त्री प्रचण्ड मंगलवार बिहान ११ बजे सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) को वार्षिक साधारणसभाको कार्यक्रममा र दिउँसो १ बजे राष्ट्रियसभा बैठकमा सहभागी हुनेछन् ।