जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • ३३ मिनेटutes अगाडि
  • होमपेज
  • आज २०८० साल चैत २९ गते बिहीबारको राशिफल

आज २०८० साल चैत २९ गते बिहीबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः अरुलाई प्रभावमा राखेर काम गर्नुपर्ने दिन छ। परीक्षाको नतिजा राम्रो प्राप्त हुनेछ। हिम्मत गरेमा मेहनतको फल प्राप्त हुनेछ। यात्रा सफल हुने दिन छ।

वृषः लगानी गर्नका लागि केही दिन कुर्नु राम्रो हुन्छ। कर्म क्षेत्रको प्रयासबाट भने फाइदा हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। पारिवारिक सम्बन्धबाट राम्रो सहयोग प्राप्त हुनेछ।

मिथुनः राम्रो सोच बनाएर अगाडि बढ्नुपर्ने दिन छ। शिक्षा र स्वास्थ्यमा लाभ हुनेछ। रोजगारीको क्षेत्रमा फाइदा हुनेछ। पारिवारिक क्षेत्रमा साथ र सहयोग मिल्नेछ। सामाजिक कार्यमा सम्मान प्राप्त हुनेछ।

कर्कटः दैनिक काममा प्रगति हुनेछ। धार्मिक कार्यमा मन जानेछ। साथीहरुले सहयोग गर्नेछन्। परिवारको साथ र सहयोग भने राम्रो देखिन्छ। कर्मक्षेत्रमा मेहनत बढी गर्नुपर्ने दिन छ।

सिंहः प्रेम सम्बन्ध सुखमय बन्नेछ। एउटा कुराबाट दोहोरो लाभ प्राप्त हुनसक्छ। श्रम गरेका क्षेत्रमा फाइदा हुनेछ। शिक्षामा राम्रो उन्नति हुनेछ। स्वास्थ्यमा लाभ हुनेछ। परिवारको साथ मिल्नेछ।

कन्याः खर्च बढ्ने दिन छ। लगानीका क्षेत्र सबल छन्। तपाईंको विदेश यात्राको बाटो खुल्नेछ। शिक्षामा फाइदा हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः शेयरमा फाइदा हुनेछ। चर्को प्रतिस्पर्धाको लाभ तपाईंको हातमा पर्नेछ। मित्रको साथ मिल्नेछ। विरोध साम्य हुनेछ। रोजगारमा सफलता प्राप्त हुने योग छ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिकः नयाँ कामको सुरुवात गर्नुपर्ने दिन हो। शेयर बजारमा फाइदा हुनेछ। दाजुभाइबाट सहकार्य हुनसक्छ। वैदेशिक क्षेत्रमा भने ठगबाट जोगिनुपर्नेछ। परिवारबाट साथ र सहयोग मिल्नेछ।

धनुः श्रमको उचित मूल्यांक हुनेछछ। अचानक राम्रो खबर सुन्ने योग छ। लगानी भएमा आर्थिक र सामाजिक क्षेत्र अब्बल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकरः व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ। निर्णय क्षमता कमजोर हुँदा समस्या आइपर्न सक्छ। अप्ठेरो परिस्थितिमा परिवारले साथ दिनेछन्। सामाजिक क्षेत्रमा भने विवादका स्वर सुन्नुपर्ने दिन छ।

कुम्भः रोजगारीको नयाँ अवसर सिर्जना हुनेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परिवारबाट भने सुख र शान्ति मिल्नेछ। सजिलैसँग अरुको मन जित्न सकिनेछ। नयाँ ज्ञान सिक्ने अवसर प्राप्त होला।

मीनः धार्मिक कार्यमा मन जानेछ। नसोचेका व्यक्तिले सहयोग गर्नेछन्। समान लिंगीसँग भन्दा विपरित लिंगीसँग गरेको सहकार्यले फाइदा हुनेछ। परिवारबाट साथ र सहयोग राम्रो रहनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका