जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • ५१ मिनेटutes अगाडि
  • होमपेज
  • आज २०८० साल पुस १० गते मंगलबारको राशिफल

आज २०८० साल पुस १० गते मंगलबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दिन राम्रो छ। अचानक धन आर्जन हुनेछ। सबैको साथ पाइने छ। मनमा खुशी मिल्नेछ। प्रेममा सफलता मिल्नेछ।

वृषः शिक्षा, स्वास्थ्य, रोजगारी र वैदेशिक यात्रामा सफलता प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारको राम्रो साथ रहने योग रहेको छ।

मिथुनः चन्द्रमा अनुकुल रहेकाले आर्थिक क्षेत्र सबल छ। शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। परिवारका सदस्यसँग छलफल गरेर गरेको काममा सफलता हात लाग्नेछ।

कर्कटः दिन रमाइलो नहुनसक्छ। मित्रले धोका दिनसक्ने छन्। सञ्चित धनमा क्षति हुने भएकाले ठुला कामको सुरुवात नगर्नु राम्रो हुन्छ। गणेशको दर्शन गरेर काम गर्नु राम्रो हुन्छ।

सिंहः दैनिकी सामान्य छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या रहेकाले खानपानमा ख्याल गर्नुहोला। प्रेम सम्बन्ध र परिवारबाट असहयोग हुने देखिन्छ।

कन्याः काम नगरी फलको आश गर्दा निराश बन्नुपर्ने छ। व्यापारबाट राम्रो आम्दानी हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्ने छ। आजको दिनमा भाग्यको भर नपरेकै राम्रो हुन्छ।

तुलाः दिन राम्रो छ। साथीको सहयोग मिल्नेछ। काममा प्रशंसा प्राप्त हुनेछ। अगाडि प्रशंसा गरेर पछाडि कुरा काट्नेसँग सचेत हुनुपर्छ। शिक्षामा प्रगति हुनेछ। परिवारबाट सहयोग मिल्नेछ।

वृश्चिकः आजको दिन आफूलाई धेरै समय दिनु राम्रो हुन्छ। अरुसँग अपेक्षा गर्नु गलत हुन्छ। जुनसुकै काम गर्दा पनि विवेक प्रयोग गर्नुपर्ने देखिन्छ। सानो गल्तीले ठुलो क्षति हुनसक्ने योग छ।

धनुः दिन राम्रो छ। सोचेको काम बन्नेछ। शिक्षा र स्वास्थ्यका क्षेत्रमा सफलता प्राप्त हुनेछ। मित्र अनुकुल छन्। परिवारको साथ पाइने छ।

मकरः अचानक सन्चित धन खर्च हुने योग छ। ठुलो व्यापार र उद्योगका लगानी नगर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट भने उत्साह मिल्नेछ।

कुम्भः शनिदेवको छाया रहेकाले अरुले गल्ती गरे पनि दोष आइलाग्न सक्छ। शनि अनुकल भए राम्रो प्रगति हुन्छ। शनि अनुकल भए नभएको कुरा जन्मकुण्डली हेरेर थाहा पाउन सकिन्छ। त्यही आधारमा सुझाव लिनु राम्रो हुन्छ।

मीनः आजको दिनमा धेरै विकल्प देखिन सक्छन्। आएका विकल्पमध्ये उत्तम विकल्प खोज्नु राम्रो हुन्छ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवार र प्रेम सम्बन्धमा उत्साह मिल्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका