जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • १ घन्टा अगाडि
  • होमपेज
  • आज २०८० साल फागुन १० गते बिहीबारको राशिफल

आज २०८० साल फागुन १० गते बिहीबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दिन राम्रो छ। गुमेको धन हात लाग्नेछ। रमाइलो यात्रामा निस्कने योग परेको छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा उतार चढाव रहने छ। परिवार र प्रेम सम्बन्धमा सफलता हात लाग्नेछ।

वृषः समय राम्रो छ। धन हात पर्नेछ। कर्ममा जुट्ने दिन हो। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्र अब्बल रहेका छन्। परिवारको साथ र सहयोग राम्रो छ।

मिथुनः दैनिकी राम्रो छ। गुरुबाट साथ र सहयोग हुनाले मनमा उत्साह थपिने छ। कर्म क्षेत्रमा गरेको लगानीबाट घाटा हुँदैन। प्रयास भने निरन्तर गर्नुपर्ने देखिन्छ। विदेशमा भन्दा स्वदेशकै रोजगारीमा मन रमाउने छ। परिवारसँगको सम्बन्ध र माया प्रेम सुमधुर बन्नेछ।

कर्कटः समय राम्रो छ। चन्द्रमा दाहिना छन्। मनमा उत्साह बढ्नेछ। समाजमा प्रशंसा मिल्नेछ। बोलीमा होस् नपुग्दा जालमा फस्ने खतरा रहेकाले सोचेर बोल्नुपर्ने देखिन्छ। परिवारको साथ र सहयोग रहनेछ।

सिंहः दैनिकी राम्रो छ। श्रमको क्षेत्रमा फाइदा हुनेछ। स्वदेशकै लगानीमा फाइदा हुनेछ। परिवारसँगको वादविवादले घाटा हुनसक्छ। आजको दिन धेरै तर्क नगर्नु राम्रो हुन्छ। थोरै बोल्नु नै हितकारी हुनेछ।

कन्याः दिन राम्रो छ। शान्त रहने र आफ्नो कर्मको फलमा सन्तुष्ट हुनुपर्ने योग रहेको छ। इष्टमित्र दाहिना छन्। रोगले छोड्ने छ। लगानीको राम्रो प्रतिफल मिल्नेछ। परिवारको साथ र सहयोग रहनेछ।

तुलाः दिन राम्रो छ। परिवारको साथ मिल्नेछ। प्रतिस्पर्धी शान्त छन्। शिक्षाको लगानीबाट सोचेजस्तो फल नमिल्न सक्छ। पुरानो रोग बढ्ने खतरा देखिन्छ। खानपानमा विशेष ध्यान दिनुपर्ने देखिन्छ। विदेशको लगानीले उत्साह बढ्नेछ।

वृश्चिकः दैनिकी सामान्य छ। आफन्तबाट आरोप सुन्नुपर्नेछ। वर र पिपलको दर्शन गरेमा काम बन्नेछ। न्यायपूर्वक गरेको लगानीबाट फाइदा हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनुः दिन राम्रो छ। स्वास्थ्य, शिक्षा र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ। अभिभावकले अघि सरेर बोलेको काम राम्रो बन्नेछ। परिवारबाट साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकरः दैनिकी सामान्य छ। शनिदेवको छाया योग छ। हनुमानको भक्ति गर्नुपर्ने देखिन्छ। स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। परिवारको साथ र सहयोग राम्रो छ।

कुम्भः समय सामान्य छ। ठुलो कामको सुरुवात नगर्नु राम्रो हुनेछ। परिवारको नाममा काम गर्नु राम्रो हुन्छ। यात्रामा सचेत हुनुपर्ने देखिन्छ। पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ।

मीनः दिन राम्रो छ। आम्दानीका बाटा धेरै हुनसक्छन्। लगानी गरेमा घाटा हुने छैन। धेरै राम्रो कामलाई थाती राखेर नराम्रो कामको खोजी गरिरहेका हुन्छन्। व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। परिवारबाट राम्रो साथ रहने छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका