जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • ५0 मिनेटutes अगाडि
  • होमपेज
  • आज २०८१ साल असार ४ गते मंगलबारको राशिफल

आज २०८१ साल असार ४ गते मंगलबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः स्वास्थ्यको क्षेत्रमा सुधार हुनेछ। व्यापारमा नाफा हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट उन्नति हुनेछ। परोपकारी संस्थामा तपाईंको नामको प्रशंसा हुनेछ।

वृषः अधिकारका लागि संघर्ष गर्नुपर्ने हुन्छ। आफूले गरेका कामको उचित मूल्यांकन नहुने जोखिम देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। साथी र आफन्तले सहयोग गर्नेछन्।

मिथुनः समय राम्रो छ। नयाँनयाँ ठाउँको भ्रमणले मनमा उत्साह बढ्नेछ। पुराना साथीसँग भेट हुनेछ। स्वास्थ्य क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा उत्साहजनक नतिजा प्राप्त हुनेछ। परिवारमा मनमुटाव हुने देखिन्छ।

कर्कटः झुटो आरोपको सामना गर्नुपर्नेछ। राजनीतिमा विवाद हुनेछ। सामाजिक क्षेत्रमा लगानी नगर्नु राम्रो हुन्छ। अप्ठेरो परिस्थितिमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः लामो समय रोकिएको काम बन्नेछ। समाजमा तपाईंको प्रतिष्ठा बढ्नेछ। निर्णय क्षमता कमजोर हुँदा परिवारमा विवाद हुनसक्छ। शिक्षाको लगानीमा सफलता मिल्नेछ। राजनीतिक भेटघाटले नयाँ उत्साह बढ्नेछ।

कन्याः धनलक्ष्मी योग परेको छ। व्यापारबाट फाइदा हुने दिन हो। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। मनमा चञ्चलता बढ्नाले सुखको अनुभूति नहुने जोखिम छ। परिवारसँगको भेटघाट रमाइलो बन्नेछ।

तुलाः बोलीको प्रभावले राम्रा काम बन्ने योग छ। समाजसेवा र परोपकारमा मन जानेछ। लगानीका क्षेत्रमध्ये वैदेशिक लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा गरेको लगानीले राम्रो नतिजा देखिने छ। परिवारसँग सल्लाह गरेर अगाडि बढ्नु राम्रो हुन्छ।

वृश्चिकः मन उदास बन्नेछ। अशान्तिले बास गर्ने दिन छ। कार्यमा बाधा आइपर्ने देखिन्छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हुनेछ। अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ।

धनुः समय रमाइलो छ। साथीको साथ मिल्नेछ। लामो समय रोकिएका काम बन्नेछन्। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यमा लाभ हुनेछ। परिवारको मर्मको विषयमा सुझबुझ नहुँदा विवाद हुने जोखिम देखिन्छ। सामाजिक कार्यमा रमाइलो हुनेछ।

मकरः आफन्तसँग टाढै रहनु राम्रो हुन्छ। हरेक काममा झन्झट लाग्नेछ। कसैसँग तर्क नगर्नु राम्रो हुन्छ। साढे सातको दशाले घेर्दै लगेकाले यो समस्याले तपाईंलाई निरन्तर सताउने देखिन्छ। धार्मिक कार्यमा संलग्न भएर अगाडि बढ्नु राम्रो हुन्छ।

कुम्भः थोरै बोल्नु राम्रो हुन्छ। झुटा आरोप लाग्ने जोखिम छ। जन्मकुण्डली हेरेर ज्योतिषको सल्लाह अनुसार अगाडि बढ्नु राम्रो हुनेछ। मन अशान्त भएकाले धार्मिक कार्यमा संलग्न हुँदा फाइदा हुनेछ।

मीनः सोचेको काममा बाधा आइलाग्ने देखिन्छ। स्वास्थ्यको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षा भन्दा कृषि र पशुपन्छीको क्षेत्रबाट फाइदा हुनेछ। परिवारको राम्रो साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका