जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • १ घन्टा अगाडि
  • होमपेज
  • आज २०८१ साल असोज २६ गते शनिबारको राशिफल

आज २०८१ साल असोज २६ गते शनिबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः आज यात्रामा समस्या हुनसक्छ । विशेष कामबाहेकको यात्रा स्थगित गर्नु राम्रो हुनेछ । परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । न्यायिक क्षेत्रमा तपाईंको विजयी हुनुहुनेछ ।

वृषः तपाईंका शब्दले साथीको मन दुख्ने भएकाले बोल्नु अगाडि सोच्नु राम्रो हुनेछ । निजी क्षेत्रको लगानीले फाइदा हुनेछ। विरोधी सक्रिय भएकाले सचेत बन्नु राम्रो हुनेछ । परिवारमा भने रमाइलो हुनेछ ।

मिथुनः आजको तपाईंको दिन सहज छ । दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ । शिक्षा र स्वास्थ्यमा लाभ हुनेछ । पुराना साथीसँगको भेटले मन शान्त होला । परिवारमा मेलमिलाप र शान्ति मिल्नेछ ।

कर्कटः दाजुभाइ र बन्धुबाट साथ मिल्नेछ । शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ । परिवारसँग रमाइलो यात्रा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ला ।

सिंहः दाजुभाइसँग भेट हुने योग छ । धनस्थानमा सूर्य र बुध शक्तिशाली ग्रह भएकाले गुमेको धन हात लाग्नेछ । परिवारको मर्म नबुझ्नाले खटपटी हुनेछ । साथीसँग सचेत भएर बोल्नुपर्ने दिन छ ।

कन्याः साथीसबै विपक्षी कित्तामा गएका छन् । गुम्न लागेको धन हात लाग्नेछ । स्वास्थ्यमा लामो समयदेखि देखिएको समस्याबाट मुक्ति मिल्नेछ । राजनीतिक संगठनको आडमा राम्रो काम बन्नेछ ।

तुलाः चन्द्रमा र शुक्रले तपाईंको राशिमा भ्रमण गरेकाले तपाईंकाको बोलीको प्रभाव बढ्नेछ । शिक्षाको क्षेत्रमा अल्छीपन बढ्नेछ । सामाजिक काममा झुकाब रहनाले परिवारमा खटपटी हुनसक्छ । प्रेम सम्बन्धमा समस्या हुनेछ । अन्य क्षेत्रमा भने सोचेको काम बन्नेछ।

वृश्चिकः तपाईंको उच्च कोणमा वृहस्पति बसेकाले सोचेका काम बन्नेछन् । खानपानमा ख्याल नगर्दा रोगको प्रकोप बढ्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । प्रेममा सफलता मिल्नेछ ।

धनुः भाग्यको स्थानमा शुभग्रह छन् । दिन राम्रो छ । नसोचेको ठाउँको यात्रा हुनेछ । साथीभाइ सबैले सहयोग गर्नेछन्। राजनीतिक संगठनको बलमा ठुलाठुला काम बन्नेछन् । परिवारमा शान्ति मिल्नेछ । प्रेम सम्बन्ध सुखमय बन्नेछ ।

मकरः अचानक धन खर्च हुने जोखिम देखिन्छ । साथीभाइले साथ दिनेछन् । निजी शिक्षामा लगानी गरेको भए उन्नति हुनेछ । दिन रमाइलो बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

कुम्भः दक्षिणको लामो यात्रा गर्नु राम्रो हुनेछ । ठुला उद्योगमा हात नलगाएको राम्रो हुनेछ । बिहान शिवको भजन गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ ।

मीनः परिवारमा मेलमिलाप हुनेछ । अनुत्पादक क्षेत्रको लगानी कटौती गर्नुपर्ने दिन छ । निन्द्रा र आलस्यबाट बच्नुपर्ने छ । प्राविधिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका