जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • १0 मिनेटutes अगाडि
  • होमपेज
  • आज २०८१ साल असोज २९ गते मंगलबारको राशिफल

आज २०८१ साल असोज २९ गते मंगलबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः नयाँ ठाउँको भ्रमण हुनेछ। राजनीतिक क्षेत्रमा चासो बढ्नेछ। सामाजिक क्षेत्रमा मान र सम्मान बढ्नेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्दा घरको वातावरण शान्त बन्नेछ।

वृषः आफ्नै मित्रबाट धोका हुने जोखिम छ। बोल्नु अगाडि सचेत बन्नु राम्रो हुनेछ। घरजग्गाको कारोबारमा फाइदा हुनेछ। परिवारको सल्लाहमा अगाडि बढेमा प्रगति हुनेछ। समाजसेवाको अवसर मिल्नेछ।

मिथुनः चोटपटक लाग्ने जोखिम रहेकाले सवारी साधन र हतियार चलाउँदा सचेत बन्नुपर्ने देखिन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा घर र परिवारमा शान्ति मिल्नेछ। ठुलो उद्योगमा लगानी नगर्नु राम्रो हुनेछ।

कर्कटः साना कुरामा रिसाउने बानीले आफैलाई पश्चाताप हुनेछ। व्यवहार गर्नु अगाडि सचेत बन्नुपर्नेछ। शत्रु बढ्ने भएकाले व्यवहार गर्दा सचेत बन्नु पर्नेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

सिंहः शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। सोचेको काम बन्ने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। बढी महत्त्वकांक्षा राख्नु भन्दा मेहनत गर्नुपर्ने दिन छ। व्यापारमा फाइदा हुनेछ। संकटमा दाजुभाइको साथ मिल्ने योग छ।

कन्याः राजनीतिक क्षेत्रमा ठुलो प्रगति हुनेछ। लामो समयदेखि रोकिएको काम बन्नेछ। सामाजिक क्षेत्रमा तपाईंको चर्चा हुनेछ। राज्यको महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनसक्ने देखिन्छ।

तुलाः साथीभाइले असहयोग गरे पनि परिवारको साथ सहयोग मिल्नेछ। धातुको कारोबार गरेमा फाइदा हुनेछ। यात्राको योग रहेकाले दिन रमाइलोसँग बित्नेछ। नजिकका साथीले भन्दा अपरिचित व्यक्तिले सहयोग गर्नेछन्।

वृश्चिकः यात्रु गर्नु अगाडि सचेत बन्नु राम्रो हुनेछ। लामो यात्रामा नजानु उचित होला। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ। साथी र परिवारको साथ निरन्तर प्राप्त होला।

धनुः बोलीमा मोहनी छ। तपाईंको बोली सुनेर धेरै मानिस प्रभावित हुनेछन्। व्यापारमा सफलता हात नलागे पनि प्रेम सम्बन्ध सफल बन्नेछ। शिक्षा क्षेत्रमा लगानी गरेको भए प्रगति हुने योग छ। पारिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकरः काममा मेहनत आवश्यक देखिन्छ। घरभित्र मन शान्त बनाउनुपर्ने आवश्यकता देखिन्छ। सोचेको काम पूरा हुन नसक्दा मन दुःखी बन्ने भएकाले साथीभाइसँग सहकार्य गर्दा फाइदा होला।

कुम्भः नियमित गर्दै आएको कामप्रति निराशा बढ्ने योग छ। महत्त्वपूर्ण काम बन्दा लाग्दा सानो कुराले समस्या निम्त्याउने देखिन्छ। एक्लै निर्णय गर्नुभन्दा परिवारसँगको निर्णयमा काम गर्नु फाइदा होला।

मीनः मनमा उत्साह मिल्नेछ। समाजसेवाको अवसर मिल्नेछ। तपाईंको काम देखेर धेरै मानिस प्रभावित हुनेछन्। श्रमको मूल्य प्राप्त हुनेछ। तपाईंले सकारात्मक सोचेको कुरा पनि केही साथीहरुले नकारात्मक ढंगले व्याख्या गर्ने जोखिम रहेको छ। व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ।

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका