जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • १७ मिनेटutes अगाडि
  • होमपेज
  • आज २०८१ साल असोज ४ गते शुक्रबारको राशिफल

आज २०८१ साल असोज ४ गते शुक्रबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः मनमा परोपकारको भावना आउने छ। सामाजिक सेवा गर्ने योग छ। तपाईंले गरेको श्रमको क्षेत्रबाट राम्रो फाइदा हुनेछ। व्यापारमा नाफा हुनेछ। रोगमुक्त हुने दिन छ। परिवारमा मेलमिलाप हुनेछ।

वृषः बोलीमा मोहनी भएकाले थोरै र अर्थपूर्ण बोल्नु राम्रो हुनेछ। परिवारको साथमा घुमघामको अवसर मिल्नेछ। राजनीतिक संगठनको सहयोगमा गरेको कामको प्रतिफल राम्रो हुनेछ। सामाजिक क्षेत्रमा आकर्षण बढ्नेछ।

मिथुनः विचार र बोली सकारात्मक बन्नेछ। बोलीमा नम्रता, विचारमा स्पष्टता र व्यवहारमा दुरदर्शीता रहनेछ। अध्ययनको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। दीर्घकालीन योजना बनाएर अगाडि बढ्नु फाइदाजनक हुनेछ।

कर्कटः रोगको पञ्जाबाट छुटकारा प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीबाट राहत मिल्नेछ। अष्टम भावमा शनिदेव रहेकाले सानो कुराले मन पोल्नसक्छ। पितृको सम्मान गरेमा सबै कुरा राम्रो बन्नेछ।

सिंहः मन प्रशन्न रहनेछ। रोकिएका काम बन्नेछन्। लगानीका क्षेत्रमध्ये हार्डवयरको बजारमा गरेको लगानी र व्यापारमा फाइदा हुनेछ। परिवारसँगको सल्लाहमा अगाडि बढ्दा नाफा हुनेछ। राजनीतिक संगठनबाट साथ मिल्नेछ।

कन्याः महत्त्वकांक्षी कामबाट पश्चाताप बढ्नेछ। धर्ममा आस्था राखेको भए शन्त व्यक्तिको संगत हुनेछ। परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ। शन्तसँगको संगतले सोचेका काम बन्नेछ।

तुलाः सांगठानिक क्षेत्रमा आक्रमण हुनेछ। प्रतिभाको सम्मान हुनेछ। संस्थागत काममा रुचि बढ्नेछ। सामाजिक संस्थाबाट प्रशंसा मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारको तर्फबाट रचनात्मक साथ र सहयोग प्राप्त हुनेछ।

वृश्चिकः खानपानमा ख्याल नगर्दा पुरानो रोगको प्रकोप बढ्ने जोखिम छ। महत्त्वकांक्षी विचारधारा रहेकाले आफन्त टाढा हुनेछन्। धर्म र संस्कारमा सहभागी हुनु राम्रो हुनेछ। परिवारमा मेलमिलाप हुनेछ।

धनुः शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। अप्ठेरो अवस्थामा बन्धुको साथ मिल्नेछ। पारिवारिक प्रेममा धोका हुने भएकाले कर्तव्यमा जिम्मेवार बन्नु राम्रो हुनेछ।

मकरः सञ्चित धन खर्च हुने जोखिम छ। तपाईंले गरेका लगानीका प्रयासमध्ये शिक्षा र स्वास्थ्यमा राम्रो फाइदा हुनेछ। न्यायको पर्खाइमा भए तपाईंको पक्षमा न्याय हुनेछ। पारिवारिक प्रेम सम्बन्ध सुमधुर बन्नेछ। पन्छीलाई दाना दिएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

कुम्भः तपाईंका कारणले दाजुभाइले फाइदा लिनेछन्। अल्छीपनले शिक्षामा अवरोध हुनसक्छ। पर्ख र हेरको अवस्थाले निर्णय क्षमता कमजोर बन्नेछ। मध्य साढेसातीको कारण मन अशान्त बन्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्ने योग छ।

मीनः धन कमाउने दिन छ। प्राविधिक क्षेत्रको लगानीबाट उत्साह थपिने छ। आज समाजको महत्त्वपपूर्ण जिम्मेवारी प्राप्त हुनेछ। बजारको खानपानले रोग बढ्ने भएकाले खानु अगाडि सचेत बन्नु राम्रो हुनेछ।

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका