जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • ३१ मिनेटutes अगाडि
  • होमपेज
  • आज २०८१ साल कात्तिक ५ गते सोमबारको राशिफल

आज २०८१ साल कात्तिक ५ गते सोमबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दिन रमाइलो छ। अचानक धन प्राप्त हुनेछ। शेयर कारोबारमा फाइदा हुने योग छ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ।

वृषः तपाईंको कला र गलाको प्रशंसा हुने दिन छ। नाम र इज्जत जोगाउन धन खर्च हुनेछ। शिक्षाको क्षेत्रमा सोचेको नतिजा प्राप्त नहुने जोखिम छ। स्वास्थ्यमा समस्या हुनसक्छ। परिवारमा भने मेलमिलाप हुनेछ।

मिथुनः लगानीमध्ये निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। औषधी नियमित नहुँदा रोगले सताउने देखिन्छ। धार्मिक क्षेत्रको भ्रमण असहज हुने जोखिम रहेकाले रद्ध गर्नु राम्रो हुन्छ।

कर्कटः लगानीको क्षेत्रमा घाटा हुनेछ। राजनीतिक संगठनमा रहेका साथी विपक्षी कित्तामा पुगेका छन्। साथीको विश्वास नगर्नु राम्रो हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ।

सिंहः बौद्धिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ। चिकित्सकको निगरानी भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा धोका हुने भएकाले सचेत बन्नुपर्ने दिन छ। काम गर्नु अगाडि आफूभन्दा ठुला मान्छेको सल्लाह लिनु राम्रो हुनेछ।

कन्याः दिन रमाइलो छ। लगानीका क्षेत्रबाट राम्रो आम्दानी हुनेछ। स्वदेशमा गरेको लगानी भन्दा विदेशको लगानीमा मन जानेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। विज्ञको सल्लाह लिएर अगाडि बढेमा सम्पत्ति आर्जन हुनेछ।

तुलाः आफ्नो भन्दा समाजको सेवा गर्ने स्वभावले निरन्तरता पाउने योग छ। बोली र व्यवहार फरक भएकाले आफन्त टाढा पुग्ने जोखिम रहेको छ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः दिन सहज छ। साथीसँग बोल्नु अगाडि सचेत बन्नु राम्रो हुनेछ। राम्रो बोल्छु भन्दा नराम्रो शब्द सार्वजनिक हुनसक्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। बौद्धिक क्षेत्रमा तपाईंको नाम र दाम बढ्नेछ।

धनुः नियमित काममा अवरोध हुनेछ। लगानीका क्षेत्रमा आफू अगाडि बढ्नु भन्दा परिवारको साथ लिनु फाइदाजनक हुनेछ। राजनीतिक संगठनमा खटपटी बढ्नेछ। परिवारमा महत्त्वकांक्षा राखेमा घाटा हुनेछ।

मकरः सञ्चित धन खर्च गर्ने बानीले तपाईंलाई निरास बनाउने छ। शिक्षाको क्षेत्रमा तपाईंको प्रगति हुनेछ। तपाईंले परीक्षा लेख्नु भएको भए राम्रो नतिजा प्राप्त हुनेछ। पुरानो रोगबाट मुक्त हुने योग छ। परिवारको साथ मिल्नेछ।

कुम्भः साना कुराले मन अशान्त बन्नेछ। बिहान उठेर शिवको भजन सुन्दै दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ। पेट सम्बन्धी समस्याले सताउने भएकाले खानपानमा विशेष ख्याल गर्नु राम्रो हुनेछ।

मीनः बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने दिन छ। तपाईं राम्रो बोले पनि साथीले गलत अर्थ लगाउनसक्ने जोखिम रहेको छ। आफ्नो भन्दा पनि बन्धु र दिदीबहिनीको उन्नति देखिनेछ। अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ।

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका