जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • १ घन्टा अगाडि
  • होमपेज
  • आज २०८१ साल जेठ १७ गते बिहीबारको राशिफल

आज २०८१ साल जेठ १७ गते बिहीबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः समयको सदुपयोग गर्न नसके समस्या हुनसक्छ। पूर्व योजना सफल बन्नेछन्। लगानीका क्षेत्रमध्ये शिक्षामा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ।

वृषः समय रमाइलो छ। साथीको सकारात्मक साथ प्राप्त हुनेछ। लगानीको क्षेत्रमा प्रगति हुनेछ। प्राविधिक शिक्षामा उन्नति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारसँगको सहकार्य फलदायी हुनेछ।

मिथुनः धन भन्दा मान कमाउने दिन छ। सामाजिक र राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। प्रेममा सफलता प्राप्त हुनेछ। लगानीको अवसर प्राप्त भएमा अगाडि बढ्ने उपयुक्त समय आएको छ।

कर्कटः चुनौतीको सामना गर्नुपर्ने हुनसक्छ। सामाजिक कामको आलोचना हुनेछ। विदेशमा गरेको लगानीबाट उत्साह बढ्नेछ। संकटमा परिवारको साथ मिल्नेछ।

सिंहः समय राम्रो छ। परिवारसँगको सहकार्यले योजना सफल हुनेछन्। श्रम र लगानी भएमा शिक्षाको क्षेत्रमा उत्साह मिल्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्।

कन्याः भौतिक सुख र सुविधामा मन जानेछ। शिक्षामा गरेको लगानीबाट प्रतिफल राम्रो प्राप्त हुनेछ। स्वास्थ्यमा गरेको लगानीबाट सुधारका सकारात्मक संकेत देखिने छन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा उत्साह बढ्नेछ। समाजमा सम्मान प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुँदै जाने देखिन्छ। खानपानमा भने विशेष ख्याल गर्नुपर्ने देखिन्छ।

वृश्चिकः चुनौतीको सामना गर्नुपर्ने समय आएको छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ। दुई पांग्रे सवारी साधनमा यात्रा गर्दा सचेत हुनुपर्ने देखिन्छ।

धनुः नयाँ योजनाले दीर्घकालसम्म काम गर्ने देखिन्छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा गरेको लगानीले उत्साह थप्ने देखिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मकरः धन बढाउने दिन छ। व्यापारमा नाफा हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा झगडा हुने देखिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः ग्रहको फल अनुसार आजको दैनिकी चल्नेछ। शनिदेव सकारात्मक भए ठुलो उन्नति हुनेछ। तपाईंको जन्म कुण्डली हेरेर मात्र भविष्यवाणी गर्न सकिन्छ। परिवारले भने सहयोग गर्ने देखिन्छ।

मीनः दैनिकी राम्रो छ। बोल्नु अगाडि एक पटक सोच्नु राम्रो हुन्छ। आर्थिक उन्नति हुने योग छ। साथीसँग जोगिएर काम गर्नु राम्रो हुनेछ। परिवारको सिर्जनात्मक साथ र सहयोग प्राप्त होला।

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका