जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • ५३ मिनेटutes अगाडि
  • होमपेज
  • आज २०८१ साल जेठ २४ गते बिहीबारको राशिफल

आज २०८१ साल जेठ २४ गते बिहीबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः आम्दानी क्षेत्र धेरै देखिन्छन्। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। वैदेशिक क्षेत्रको रोजगारीबाट फाइदा हुनेछ। खर्च कटौती गर्नुपर्ने चुनौती देखिन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृषः नयाँ ठाउँको भ्रमणको अवसर प्राप्त हुनेछ। बौद्धिक र विभिन्न देशका व्यक्तिसँग भेट गर्ने अवसर प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः समय राम्रो छ। आम्दानी राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। प्रविधिको क्षेत्रमा लगानी गरेमा फाइदा हुनेछ। जग्गाको कारोबारले खुशी मिल्नेछ। परिवारको सहमतिमा अगाडि बढ्नु राम्रो हुन्छ। साथीको सहयोग मिल्नेछ।

कर्कटः पुरानो रिस फेर्ने साथी सक्रिय हुनसक्छन्। झुटा आरोपको सामना गर्नुपर्नेछ। मन अशान्त हुनेछ। तर लगानी र श्रमको क्षेत्रमा भने तपाईंको सम्मान हुनेछ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

सिंहः तपाईंको प्रगतिमा धेरै मानिस खुशी हुनेछन्। लगानीको हिम्मत गर्नुपर्नेछ। गोपनीयता भंग हुने जोखिम देखिन्छ। परिवारमा विवाद भए पनि सामाजिक क्षेत्रमा मान र सम्मान प्राप्त हुनेछ।

कन्याः सम्पत्ति जोगाएर अगाडि बढ्नुपर्ने दिन छ। ठुला उद्योगमा लगानी नगर्नु राम्रो हुनेछ। कामको बोझ थपिने छ। परिवारको सहयोग प्राप्त होला। गुरुको सुझावले दैनिकी सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः दिन राम्रो छ। प्रतिस्पर्धी कमजोर छन्। धार्मिक कार्यमा मन जानेछ। समाजसेवामा समय खर्चनु फाइदाजनक हुनेछ। परिवारमा सैद्धान्तिक टकराब हुनेछ। राजनीतिमा सफलता प्राप्त होला।

वृश्चिकः निजी काममा तनाव हुनेछ। संयम भएर अगाडि बढ्नुपर्ने दिन छ। शिक्षामा उत्साह मिल्नेछ। खानपानको ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनुः लगानीको क्षेत्रमा उत्साह मिल्नेछ। मिठो खान पाइने छ। समाजसेवाको अवसर प्राप्त हुनेछ। परिवारसँगको सम्बन्धमा खटपटी हुने जोखिम देखिन्छ। शिक्षाको क्षेत्रमा भने उन्नति हुनेछ।

मकरः समय संघर्ष गरेर अगाडि बढ्नुपर्ने देखिन्छ। वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। स्वास्थ्यमा लाभ होला। तपाईंको श्रमको प्रशंसा हुनेछ। परिवारले भने शंका गर्ने जोखिम छ।

कुम्भः झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। मन आशान्त हुनेछ। शनिदेवको छाया योगले तनाव बढ्ने देखिन्छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हुनेछ। दैनिकी सहज बनाउन सानो कुरा दान गर्नु राम्रो हुनेछ।

मीनः दैनिकी सामान्य छ। तपाईंको समस्यामा रमाउने धेरै देखिन्छन्। हरेक काममा सचेत बन्नु राम्रो हुनेछ। शिक्षामा फाइदा हुने योग छ। विदेशमा गरेको लगानीबाट फाइदा होला। परिवारसँगको सम्बन्ध सामान्य भए पनि प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका