जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • १ घन्टा अगाडि
  • होमपेज
  • आज २०८१ साल भदौ ७ गते शुक्रबारको राशिफल

आज २०८१ साल भदौ ७ गते शुक्रबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः सोचेको काम बन्नेछ। लगानीका क्षेत्रमा सहजता देखिन्छ। खर्च गर्ने बानीले परिवारमा विवाद हुनसक्छ। परिवार र समाजको भाव बुझेर गरेको लगानीबाट फाइदा हुनेछ। अन्य क्षेत्रमा भन्दा व्यापारमा गरेको लगानीबाट नाफा हुने योग छ।

वृषः धन आर्जन गर्ने दिन छ। दैनिकी सधैभन्दा फरक ढंगले चल्नुपर्नेछ। बोल्दा चलाखी अपनाउनुभएमा काम बन्नेछ। धार्मिक व्यक्तिको सुझाव लिएर अगाडि बढ्नु राम्रो हुनेछ। परिवारले अप्ठेरो अवस्थामा राम्रो साथ दिनेछन्।

मिथुनः दैनिकी राम्रो छ। नयाँ ठाउँको यात्रा गर्ने योग छ। राजनीतिमा झुकाव बढ्नेछ। लगानीका क्षेत्रमध्ये वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट प्रगति हुनेछ। परिवारमा बौद्धिक टकराब हुने देखिन्छ।

कर्कटः आज तपाईंले पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। दैनिक व्यवहारमा प्रगति हुनेछ। परिवर्तनको सुरुवात परिवार भित्रबाट गरेर समाजमा अगाडि बढ्नु राम्रो हुन्छ। परिवारमा टकराब हुने जोखिम भएकाले बोल्दा सचेत बन्नु राम्रो हुनेछ।

सिंहः तपाईंको प्रतिभाबाट सबै प्रभावित हुनेछन्। दायाँ र बायाँमा चन्द्र र सूर्यको प्रभाव रहेकाले तपाईंको बोली बिक्ने दिन छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। परिवारको सुझाव लिएर अगाडि बढ्नु फाइदा हुनेछ। लगानी गर्ने भए स्वदेशमै उचित क्षेत्र खोज्नु राम्रो हुनेछ।

कन्याः बल भन्दा बुद्धिले काम गर्नु राम्रो हुनेछ। लामो समयदेखि रोकिएका काम सफल बन्नेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। प्रेम सम्बन्ध रमाइलो मोडमा पुग्ने योग छ।

तुलाः तपाईंका नयाँ योजनाको धेरै मानिसले खोजी गर्नेछन्। धेरै ठाउँमा सेवाका अवसर प्राप्त हुनेछन्। साना कुरामा अलमल गर्नुभन्दा ठुला कामको सुरुवात गर्नु फाइदा हुनेछ। परिवारको रचनात्मक साथ र सहयोग प्राप्त हुनेछ।

वृश्चिकः सरस्वतीको साथले शिक्षा क्षेत्रमा प्रगति हुने दिन छ। विदेशको रमझमले तपाईंलाई प्रभावित पार्नेछ। प्राविधिक शिक्षामा गरेको लगानीको प्रयासबाट मन शान्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

धनुः सञ्चित धन खर्च गर्ने समय छ। विपक्षी समूहले षड्यन्त्र गरिरहेकाले सचेत बन्नु राम्रो हुनेछ। लगानीका क्षेत्रमध्ये ज्ञान, विज्ञान र प्राविधिक क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध कसिलो बन्ने दिन छ।

मकरः बौद्धिक क्षेत्रमा तपाईंको नामको चर्चा हुनेछ। संघ संस्थामा तपाईंको चरित्रमाथि प्रश्न उठ्ने खतरा देखिन्छ। समाजमा शंकालु नजरले हेर्ने साथीको संख्या धेरै भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

कुम्भः चन्द्रमासहितका शुभ ग्रहले तपाईंलाई साथ दिएका छन्। शनिदेव अल्पमतमा भएकाले तपाईंको काम बन्नेछ। कार्यक्षेत्रमा सम्मान मिल्ने योग छ। परिवारसँग बसेर खानपानको अवसर प्राप्त हुनेछ।

मीनः तपाईंको दैनिकी देखेर साथीभाइ र प्रशंसक खुसी हुनेछन्। आजको दिन धेरै समय सौन्दर्यका लागि बित्नेछ। अरुले तपाईंको प्रशंसा गरे पनि मन शान्त नहुने योग छ। मन चञ्चल हुँदा परिवारसँगको सम्बन्धमा खटपटी बढ्नेछ।

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका