जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • ४६ मिनेटutes अगाडि
  • होमपेज
  • आज २०८१ साल मंसिर ९ गते आइतबारको राशिफल

आज २०८१ साल मंसिर ९ गते आइतबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दिन सामान्य छ। हिँड्दा अवरोध हुनसक्ने जोखिम छ। सोचेका काममा अवरोध हुनेछ। बिहान उठेर गणेशको पूजा गरेर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शुभकार्यका लागि मन अगाडि बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृषः मनमा प्रतिशोधका भाव आउने जोखिम छ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा ठुलो विश्वास गर्नाले खटपटी बढ्ने जोखिम छ। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

मिथुनः दिन राम्रो छ। साथीभाइले सहयोग गर्नेछन्। राज्यले सहयोग गर्दा महत्त्वपूर्ण काम बन्ने योग छ। परिवारले भने शंकाको घेरामा राख्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ। प्रेम सम्बन्धमा खटपटी हुनसक्छ।

कर्कटः व्यापारमा नाफा हुनेछ। राजनीतिक क्षेत्रमा साथ र सहयोग प्राप्त हुनेछ। जटिल स्वास्थ्य समस्या भए विस्तारै सुधार हुने देखिन्छ। परिवारको कर्तव्यमा सीमित हुँदा फाइदा हुनेछ।

सिंहः दिन सहज छ। बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। तर बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ। तपाईंले गरेका प्रयास सफल हुने दिन छ। परिवारलाई ठुलो विश्वास गरेमा धोका हुने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

कन्याः तपाईंले सोचेका काम सहज बन्नेछन्। रोगबाट मुक्त हुने दिन छ। परिवारले राम्रो साथ दिनेछ। फलफूल र कृषि क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ। विदेशमा भन्दा स्वदेशमा विकल्प देखेर रमाउने देखिन्छ।

तुलाः आम्दानीका दृष्टिले दिन राम्रो छ। राम्रो कमाइ भए पनि इज्जतमा प्रश्न उठ्ने खतरा देखिन्छ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृश्चिकः बोल्दा सचेत बन्नुपर्नेछ। बोल्नु अगाडि तीन पटक सोच्नुपर्नेछ। व्यापारमा फाइदा हुनेछ। औषधी नियमित नहुँदा रोगको जोखिम बढ्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले फाइदा हुनेछ। परिवारमा श्रमको मूल्यको सम्मान नहुँदा मन दुःखी हुनेछ।

धनुः दिन सहज छ। बोलीको प्रभावले महत्त्तवपूर्ण काम बन्नेछ। कला र गलाको प्रदर्शन गर्नुपर्ने समय आएको छ। राज्यको तर्फबाट सहयोग मिल्नेछ। सामाजिक सेवाको क्षेत्रमा नाम र दामको चर्चा हुनेछ।

मकरः सञ्चित धनको खर्च भए पनि शुभ ग्रहको बहुमत रहेको छ। साथीभाइले साथ दिनेछन्। तपाईंको पक्षमा बहुमत प्राप्त हुनेछ। तर्क गरेर आगाडि बढ्नुभन्दा थोरै बोल्दा विजय प्राप्त हुने दिन छ।

कुम्भः सप्तम भावमा चन्द्रमा पुगेका छन्। मनमा शान्ति मिल्नेछ। बिहान सुरुमै शिवको भजन र पिपलको दर्शन गर्नाले दिन सहज बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रेम सम्बन्धमा तपाईंको प्रस्ताव स्वीकृत हुनेछ।

मीनः आफन्तले भन्दा बाहिरका मान्छेले तपाईंको प्रशंसा गर्नेछन्। साना कुराले मनमा झन्झट बढ्नसक्छ। तर्क गर्नु भन्दा काम गरेर देखाउने दिन रहेको छ। परिवारमा खुशी प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका