जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • १ घन्टा अगाडि
  • होमपेज
  • आज २०८१ साल माघ ११ गते शुक्रबारको राशिफल

आज २०८१ साल माघ ११ गते शुक्रबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः प्रेम सम्बन्ध सुमधुर बन्नेछ। नाम र इज्जत बढ्नेछ। विपक्षी साथीलेसमेत आज तपाईंको तारिफ गर्नेछन्। राज्यको तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुने योग छ। तपाईंले महत्त्वपूर्ण अवसरको सदुपयोग गर्नुपर्नेछ।

वृषः स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। साथीसँग धेरै तर्क नगर्नु उचित हुनेछ। संकटमा परिवारको भने साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्धले नयाँ उचाई पाउनेछ।

मिथुनः आज तपाईंको मन कला र संस्कृतितर्फ जानेछ। खेलकुदको क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कर्कटः साना कुराले मन अशान्त बन्नसक्छ। योजना बनाउँदा बौद्धिक व्यक्तिको साथ लिनु उचित हुनेछ। पञ्चम भावमा चन्द्रमा रहेकाले शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः इज्जतका लागि सम्पत्ति खर्च गर्नुपर्ने हुनसक्छ। परिवारले तपाईंको इच्छा विपरीत काम गर्दा मन अशान्त बन्नेछ। गुरुको साथ लिएर अगाडि बढेमा दिन सहज बन्नेछ। साथीभाइले सहयोग गर्नेछन्।

कन्याः संयुक्त लगानीबाट व्यापारमा फाइदा हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्ने जोखिम रहेको छ। नेतृत्वले माया गर्दा काम गर्ने अवसर प्राप्त हुनेछ।

तुलाः परिवारले भन्दा बाहिरका व्यक्तिले तपाईंको कामको प्रशंसा गर्नेछन्। आफ्नो कामको जस अरुले लिने जोखिम रहेको छ। शिक्षामा गरेको लगानीले फाइदा हुने हुँदा लगानीमा हिम्मत गर्नुपर्नेछ।

वृश्चिकः स्वास्थ्यमा समस्या हुने जोखिम रहेको छ। बिहानै गणेशको दर्शन गरेमा मन शान्त बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँग लिएको सल्लाह कार्यान्वयन गर्नु अगाडि विवेक प्रयोग गर्नु उचित हुनेछ।

धनुः दिन सामान्य छ। स्वास्थ्यमा सुधार हुनेछ। बन्धुको साथले मनमा खुशी मिल्नेछ। बौद्धिक व्यक्तिको निगरानी भइरहेकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। परिवारलाई विश्वास गर्दा कोधा हुने जोखिम रहेको छ।

मकरः छिमेकको शुभकार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ। पुरानो साथीसँगको भेटले नयाँ योजना बन्नेछन्। परिवारको विश्वास गर्दा घाटा हुनेछ। काम गर्दा अरुको सल्लाह लिनेभन्दा विवेक प्रयोग गर्नुपर्नेछ।

कुम्भः आज काममा अवरोध हुनसक्ने जोखिम रहेको छ। स्वदेशमा भन्दा विदेशको रमझमले आकर्षित गर्नेछ। विदेशमा लगानी गरेको भए फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

मीनः चन्द्रमा अनुकुल छन्। काममा निरन्तरको प्रयासको खाँचो देखिन्छ। खुशीका साथ गरेको कामको नतिजा राम्रो प्राप्त हुनेछ। बौद्धिक व्यक्तिसँग बढी तर्क नगर्नु उचित हुनेछ। पश्चिमको लामो यात्रामा नजानुहोला।

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका