जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • ४३ मिनेटutes अगाडि
  • होमपेज
  • आज २०८१ साल माघ १३ गते आइतबारको राशिफल

आज २०८१ साल माघ १३ गते आइतबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः धन लाभ हुने दिन छ। व्यवहार सफल बन्नेछ। परिवारसँगको सम्बन्ध सुधार हुनेछ। प्रेम सम्बन्ध सुखमय बन्नेछ। स्वास्थ्यमा सुधार हुने योग रहेको छ। लामो यात्रा तय हुने दिन छ।

वृषः मन खुशी हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षीले जतिसुकै दुःख दिए पनि जित तपाईंकै हुनेछ। खर्च बढ्ने जोखिम छ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मिथुनः यात्रा कष्टकर हुनसक्छ। मन अशान्त बन्ने जोखिम रहेको छ। पढाइमा भन्दा बाहिरका कुरामा समय बढी नै बित्नेछ। साझेदारीमा गरेको व्यापारबाट लाभ हुनेछ ।

कर्कटः मन अशान्त बन्नसक्छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षालाई महत्त्व दिनुपर्ने दिन छ। शिक्षामा गरेको मिहेनत सफल बन्नेछ। विपक्षी सक्रिय भएकाले सचेत भएर अगाडि बढ्नु राम्रो होला।

सिंहः दिन सुखद् रहेको छ। तपाईंको लगानीको उचित मूल्यांकन हुनेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा दाम्पत्य जीवन सुखमय बन्नेछ।

कन्याः मन अशान्त बन्नेछ। पेट सम्बन्धी रोगले सताउने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुनेछ। आफन्तले भन्दा बाहिरका व्यक्तिले तपाईंलाई साथ दिनेछन्। परिवारको इच्छा पूरा गर्न नसक्दा मनमा खटपटी बढ्नेछ।

तुलाः दाजुभाइसँगको सहकार्यबाट फाइदा हुनेछ। शिक्षामा गरेको प्रयासबाट राम्रो नतिजा प्राप्त हुनेछ। राज्यको तर्फबाट साथ र सहयोग प्राप्त हुनेछ। सामाजिक सेवाको अवसरलाई सदुपयोग गर्नुपर्ने दिन छ।

वृश्चिकः दिन सामान्य छ। पुरानो रोगले सताउने छ। खानपानमा विशेष ख्याल गर्नुपर्ने दिन छ। शिक्षामा गरेको प्रयासबाट मनमा शान्ति मिल्नेछ। बौद्धिक साथीसँगको भेटघाटमा सक्रिय हुँदा फाइदा हुनेछ। परिवारमा सल्लाह गरेर अगाडि बढेमा तपाईंको काम बन्नेछ।

धनुः दैनिकी सहज बन्नेछ। साथीको सहयोगमा तपाईंले सोचेका काम बन्नेछन्। वैदेशिक रमझमले मनलाई आकर्षित गर्नेछ। लगानी र श्रम भए फाइदा हुनेछ। स्वास्थ्यले साथ दिनाले दिन सहज बन्नेछ।

मकरः खर्च बढ्ने योग छ। सञ्चित धन खर्च हुँदा मन अशान्त बन्नेछ। आजको दिनमा ठुलो लगानी नगर्नु उचित हुनेछ। परिवारको सहयोग प्राप्त नहुँदा निर्णय क्षमता कमजोर हुनेछ। मन शान्त बनाउन बिहान उठेर पिपलको दर्शन गर्नु उचित हुनेछ।

कुम्भः मनमा नयाँ उत्साह थपिनेछ। गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ। शनिदेव अनुकुल भएमा आज ठुलो उन्नति हुनेछ। बिहान उठेर शिवको भजन सुन्नु राम्रो हुनेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीनः महत्त्वपूर्ण निर्णय गर्नुपर्ने दिन छ। बौद्धिक व्यक्तिसँग झुकेर अगाडि बढेमा सोचेको काम बन्नेछ। साना कुराले मन अशान्त बन्नसक्छ। सुरुवाती साढेसाती दशा रहेकाले पिपलको दाहिने परिक्रमा मात्र गरेमा दैनिकी सहज बन्नेछ।

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका