जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • ४३ मिनेटutes अगाडि
  • होमपेज
  • आज २०८१ साल वैशाख १९ गते बुधबारको राशिफल

आज २०८१ साल वैशाख १९ गते बुधबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दिन राम्रो छ। आफ्नो योजना सफल हुनेछ। शिक्षा र स्वास्थ्यका क्षेत्रमा उन्नति हुनेछ। लगानीको क्षेत्रमा सफलता प्राप्त हुनेछ। विदेशको लगानीबाट ठुलो फाइदा हुनेछ। बोलीमा नम्रता आवश्यक देखिन्छ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृषः समय राम्रो छ। बोलीमा सरस्वतीको बास भएकाले सबैको हितमा बोल्नु राम्रो हुन्छ। शिक्षामा सफलता प्राप्त हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा तपाईंको चर्चा हुनेछ। नयाँ योजनाको थालनी गर्ने दिन हो। परिवारको माया प्राप्त हुनेछ।

मिथुनः दैनिकी राम्रो छ। शेयरमा लगानी भए फाइदा हुनेछ। चिट्ठा पर्ने दिन हो। सामाजिक सेवा र राजनीतिमा विवाद हुने देखिन्छ। स्वास्थ्यमा ख्याल गर्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः समय राम्रो छ। कमजोरीको मूल्यांकन गर्नु राम्रो हुन्छ। सामाजिक र राजनीतिक क्षेत्रमा सम्मान बढ्नेछ। वैदेशिक लगानीबाट उत्साह बढ्नेछ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्ने जोखिम देखिन्छ।

सिंहः समाजले झुटो आरोप लगाउने खतरा छ। आफन्तले असहयोग गर्ने भएकाले कुनै योजना भए सुरुमा नसुनाउनु राम्रो हुन्छ। आर्थिक क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ। प्रेम सम्बन्धमा खटपटी हुने जोखिम छ।

कन्याः श्रम र लगानीको उचित मूल्यांकन हुनेछ। धेरै बोल्ने साथी कमजोर बन्नेछन्। शिक्षामा सफलता प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारबाट खुशी मिल्नेछ।

तुलाः अवसर धेरै भएकाले आम्दानी हुने क्षेत्रको सदुपयोग गर्नु राम्रो हुन्छ। शिक्षाको सदुपयोग गर्नु राम्रो हुन्छ। साथीसँग प्रतिवाद गर्नुपर्ने दिन छ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः शनिदेवको छाया रहेको छ। आलस्य बढ्नेछ। काममा खटपटी बढ्नेछ। राम्रो कामको गलत अर्थ लाग्नसक्छ। शनिदेवको शान्ति गर्न पिपलमा पानी चढाएमा परिवारमा मेलमिलाप हुनेछ। समाजमा प्रतिष्ठा बढ्नेछ।

धनुः लगानीका क्षेत्रमा सफलता मिल्नेछ। धेरै साथीभाइले तपाईंको कामको प्रशंसा गर्नेछन्। शिक्षामा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा गरेको लगानीले लाभ हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा तनाव हुने देखिन्छ। परिवार र प्रेम सम्बन्धमा खटपटी हुनेछ।

मकरः संयमित भएर व्यवहार गर्नु राम्रो हुन्छ। आफन्तले गलत भूमिका निर्वाह गर्नेछन्। शिक्षाको लगानीबाट उत्साह मिल्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट प्रगति हुनेछ।

कुम्भः समय सामान्य छ। अनावश्यक उदासिनता आइपर्ने छ। हनुमानको सम्झना गरेमा धेरै काम बन्नेछ। तपाईंका प्रतिस्पर्धी पराजित हुनेछन्। लगानीको क्षेत्रबाट प्रतिफल प्राप्त हुनेछ। राजनीतिक यात्रामा चोट पुग्ने देखिन्छ। परिवारको भने साथ र सहयोग मिल्नेछ।

मीनः आफ्नै साधनबाट चेटपटक लाग्नसक्छ। हतियार चलाउने भए सचेत हुनु राम्रो हुन्छ। यात्रा गर्दा विशेष ध्यान दिनु राम्रो हुन्छ। आफ्नै साथीले धोखा दिने देखिन्छ। न्यायपूर्वक गरेको श्रमबाट राम्रो आम्दानी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?