
काठमाडौं– आम जनता पार्टीको स्थायी समिति बैठक भोलि बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा भोलि बिहान ११ बजे बस्ने बताइएको छ ।
पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा बस्न लागेको बैठकमा देशको समग्र राजनीति, आर्थिक र समाजिक क्षेत्रमा देखिएका अन्योलका विषयमा गहन छलफल र समीक्षा हुने केन्द्रीय कार्यालय सचिव बालकृष्ण सापकोटाले जानकारी दिए ।
बैठकले पार्टीको आगामी रणनीतिसहितको आधिकारिक र ठोस धारणा सार्वजनिक गर्ने उनको भनाइ छ ।