
काठमाडौँ— इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनललाई वेस्टह्यामले बराबरीमा रोकेको छ । गएराति भएको खेलमा आर्सनलले वेस्ट ह्यामसँग २–२ गोलको बराबरी खेलेको हो ।
आर्सनलले दुई गोलको अग्रता जोगाउन नसक्दा खेल बराबरीमा पुगेको थियो । खेलको सातौँ मिनेटमा गाब्रियल जिससले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । यस्तै, दशौँ मिनेटमा मार्टिन ओडेगार्डले गोल गरे ।
खेलको ३३औँ मिनेटमा वेस्ट ह्यामका सेद बेन्रहमाले पेनाल्टीमार्फत् गोल गरे भने ५४औँ मिनेटमा जार्रोड बोवेनले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । बराबरीसँगै आर्सनलले ३१ खेलमा ७४ अङ्क जोडेको छ । वेस्ट ह्याम ३१ अङ्क जोडेर १५औँ स्थानमा रहेको छ ।