
काठमाडौं, इटालियन सिरी ए फुटबलमा उपाधि दाबेदार एसी मिलानले फराकिलो हार व्यहोरेको छ । आइतबार राति भएको खेलमा मिलानले सासोउलोसँग ५-२ गोल अन्तरको हार व्यहोरेको हो ।
खेलको १९ औं मिनेटमा ग्रेगोइरे डेफ्रेलले गोल गर्दै सासोउलोलाई अग्रता दिलाएका थिए । २१ औं मिनेटमा डाभिड फ्राटेस्सीले गोल गर्दै सासोउलो २-० ले अघि रह्यो ।
खेलको २४ औं मिनेटमा ओलिभर जेरुडले गोल गर्दै मिलानलाई २-१ को स्थितिमा ल्याए । ३० औं मिनेटमा डोमिनिको बेरार्डीले गोल गर्दै सासोउलोलाई ३-१ को अग्रता दिलाए ।
खेलको ४७ औं मिनेटमा अर्मान्डले पेनाल्टीबाट गोल गर्दै सासोउलोलाई ४-१ को अग्रता दिलाए ।