
काठमाडौं, माटियो डर्मियनको गोलमा साविक विजेता इन्टर मिलानले मंगलबार राति एटलान्टालाई १–० ले हराउँदै कोपा इटालियाको सेमिफाइनलमा स्थान बनाएको छ । घरेलु टोली इन्टरको जितमा डर्मियनले ५७औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
सिमोन इन्जाघीको इन्टरले अब फाइनलमा स्थान बनाउनका लागि युभेन्टस र लाजियोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । युभेन्टस र लाजियोले बिहीबार राति प्रतिस्पर्धा गर्दै छन् ।