
काठमाडौँ – इरानमा भूकम्पबाट ठुलो जनधनको क्षति भएको छ । अन्तराष्ट्रिय संचार माध्यायमका अनुसार शनिबार राति गएको भूकम्पमा परी ७ जनाको ज्यान गएको छ ।
यस्तै, ४४० जना भन्दा बढी घाइते भएका छन् । उत्तरपश्चिम इरानको अजरबैजान प्रान्तको खोया सहरमा भूकम्पको धक्का महसुस गरिएको थियो ।
५.९ रेक्टरस्केल मापन गरिएको भूकम्पको धक्का शक्तिशाली थियो । इरानको पश्चिमी अजरबैजान प्रान्तका धेरै क्षेत्रमा महसुस गरिएको संचार माध्यामले जनाएका छन्। छिमेकी पूर्वी अजरबैजानको प्रान्तीय राजधानी ताब्रिजलगायत धेरै शहरहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो।