
काठमाडौं — नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा तथा युरो एकको खरिद दर १४१ रूपैयाँ ४० पैसा र बिक्री दर १४२ रूपैयाँ ४ पैसा रहेको छ ।
त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ २१ पैसा र बिक्री दर १५९ रूपैयाँ ९३ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४३ रुपैयाँ २२ पैसा र बिक्री दर १४४ रुपैयाँ ८७ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९१ रुपैयाँ ३४ पैसा र बिक्री दर ९१ रुपैयाँ ७५ पैसा रहेको छ ।