
काठमाडौं- सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब २८ करोड रुपैयाँ विनियोजन गरेको छ ।
चालु आर्थिक वर्षको तुलनामा अहिले बजेट घटेर आएको हो ।मंगलबार आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त रकम विनियोजन गरिएको जानकारी दिए ।
चालु आर्थिक वर्षमा वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब ४६ करोड रकम विनियोजन गरेको छ ।