
काठमाडौं – निर्वाचन आयोगले तनहुँ–१, चितवन–२ र बारा–२ मा हुन लागेको उपनिर्वाचनका उम्मेदवारमाथि परेको उजुरी छानबिन गरी आज अन्तिम नामावली प्रकाशन गर्दै छ ।
आयोगले उपनिर्वाचनका उम्मेदवारमाथी परेको उजुरी छानबिन गरी आज अन्तिम नामावली प्रकाशन गर्न लागेकाे हाे ।
तनहुँ–१, चितवन–२ र बारा–२ मा सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आयोगले मंगलबार उजुरी दर्ताको समय तोकेको थियो ।
तीनवटै निर्वाचन क्षेत्रमा दल र स्वतन्त्र गरी ६९ जनाले उम्मेदवारी दर्ता परेको छ ।