
काठमाडौँ । उपराष्ट्रपति पदमा जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा ३० हजार ३२८ मत ल्याएर निर्वाचित भएका हुन् । उनले संघीय सांसद १८४ र प्रदेशसभाका ३२९ को मत पाए ।
एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् ।