
काठमाडौँ । राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउनुअघि आठ दलीय गठबन्धनको बैठक बस्ने भएको छ । राष्ट्रपतिको उम्मेदवारको प्रस्तावक र समर्थक टुंगो लगाउन बैठक बस्न लागेको हो । गठबन्धनबाट उम्मेदवार बने कांग्रेसबाट रामचन्द्र पौडेल हुनेछन् ।
पौडेलको नाम आजै बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले टुंगो लगाइसकेको छ । गठबन्धनको बैठक संघीय संसदको लोहत्से हलमा दिउँसो १ बजे बैठक बस्नेछ । त्यसपछि प्रस्ताव र समर्थकसहित पौडेलको उम्मेदवारी दर्ता हुनेछ ।