
काठमाडौं। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले कीर्तिमानी साझेदारी गरेको छ।
जिम्बावेमा जारी विश्वकप छनोटअन्तर्गत घरेलु टोलीविरुद्ध अहिले भइरहेको खेलमा नेपालले पहिलो विकेटका लागि १ सय ५५ रनको साझेदारी गरेको छ। कुशल भुर्तेल र आसिफ शेखले शानदार प्रदर्शन गरेका हुन्।
यसअघि ज्ञानेन्द्र मल्ल र आसिफ शेखले दोस्रो विकेटका लागि एक सय ३९ रनको साझेदारी गरेका थिए। नामिबियाविरुद्ध उक्त साझेदारी बनेको थियो।