
काठमाडौं– आगामी आर्थिक वर्षको बजेटमा विद्याको एक हजार कोठा निर्माणको लागि २ अर्ब ५० करोड अर्थमन्त्री वर्षमान पुनले बजेट विनियोजन गरेका छन् ।
अपाङ्गमैत्री, सुरक्षित एक हजार कोठाको लागि उक्त बजेट विनियोजन भएको मन्त्रीले बताएका छन् । निर्वतमान अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गरेको चालु आवको बजेटमा विद्यालय भवनको भूकम्पपछिको पुनर्निर्माणका बाँकी कार्य आगामी वर्ष सम्पन्न गरिने बताएका थिए ।
भूकम्पबाट प्रभावित ३१ जिल्लाका ७ हजार ५३७ विद्यालयको पुनर्निमाण कार्य सम्पन्न भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आवको आर्थिक सर्वेक्षणले देखाएको छ । ४० विद्यालयको पुनर्निमाण भने निर्माणाधीन अवस्थामा रहेको सर्वेक्षणले जनाएको छ ।
महतले महेन्द्र रत्न क्याम्पस लगायत भूकम्पबाट क्षतिग्रस्त ३८ वटा क्याम्पसहरूको पुनर्निर्माण प्रक्रिया अगाडि बढाइने समेत बजेटमा योजना ल्याएका थिए । उक्त योजनामा के भएको छ त्यो भने सर्वेक्षणले खुलाएको छैन ।