जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • १ घन्टा अगाडि
  • होमपेज
  • एनपीएल फाइनल पुग्नका लागि सुदूरपश्चिम र जनकपुर खेल्ने, चितवन र कर्णाली इलिमिनेटरमा भिड्ने

एनपीएल फाइनल पुग्नका लागि सुदूरपश्चिम र जनकपुर खेल्ने, चितवन र कर्णाली इलिमिनेटरमा भिड्ने

काठमाडौं। सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा स्थान पाउन प्रतिस्पर्धा गर्ने भएका छन् । सुदूरपश्चिमले सोमबार कर्णाली याक्सविरुद्ध ६ विकेटको विजय हात पारेपछि क्वालिफायर्स १ को यस्तो समीकरण बनेको हो ।

सुदूरपश्चिम १२ अंकका साथ शीर्ष स्थानमा रह्यो भने जनकपुरले ७ खेलमा १० अंक बटुल्यो । समान ८ अंक जोडेका चितवन राइनोज र कर्णाली तेस्रो र चौथो स्थानमा रहँदै प्लेअफको इलिमिनेटरमा खेल्ने भएका छन् । यसको विजेता टोलीले क्वालिफायर्स १ को पराजित टोलीसँग फाइनलमा स्थान पाउन खेल्ने छन् । बुधबार बिहान इलिमिनेटर र दिउँसो क्वालिफायर्स १ को खेल हुनेछ ।

चितवन र कर्णालीसँगैं समान ८ अंक भए पनि नेट रन रेटमा पछाडि रहेका कारण काठमाडौं गुर्खाज प्लेअफबाट दौडबाट बाहिरिएको हो । सुदूरपश्चिमले एनपीएलमा पहिलो पटक टस जितेको पछि ब्याटिङमा आएको कर्णाली सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभर खेली १ सय १ रनमा अलआउट भयो ।

सुदूरपश्चिमले यो लक्ष्य १२.२ ओभरमा पुरा गरेको भए कर्णालीलाई उछिन्दै गुर्खाज नेट रन रेटमा अगाडि रही प्लेअफमा पुग्ने थियो । सुदूरपश्चिमले १५.२ ओभरमा पूरा गरेपछि कर्णाली पनि शीर्ष चारमा सुरक्षित भएको हो । इशान पाण्डेले ३६ बलमा अविजित ३८ रन बनाएर सुदूरपश्चिमलाई जिताए । उनले ४ चौका प्रहार गरे ।

आरिफ शेख ४ रन बनाई अविजित रहे । २८ रन बनाउदा ३ विकेट गुमाइसकेको अवस्थामा इशान र कप्तान दीपेन्द्रसिंह ऐरीले चौथो विकेटमा ६७ रनको साझेदारी गरे । दीपेन्द्रले २९ बल खेली ४ चौका र १ छक्का प्रहार गरी ३८ रन बनाए । विनोद भण्डारी ४, सैफ जैब ११ र ब्रान्डन म्याकमुलेन ३ रन बनाई आउट भए । कप्तान सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले १ विकेट लिए ।

यसअघि खुलेर ब्याटिङ गर्न नसकेको कर्णालीविरुद्ध हरमित सिंहले ३ विकेट लिए । अन्तिम ओभरमा नन्दन र विपिनलाई आउट गरेका उनले ४ ओभरमा १७ रनमात्र खर्चे । दीपेन्द्रसिंहले ४ ओभरमा २० र स्कट कुग्लेनले ४ ओभरमा २९ रन खर्चेर २–२ विकेट लिए । एक विकेट जैबको नाममा रहयो ।

जेसन मक्सुदले कर्णालीबाट सर्वाधिक ३० रन बनाए । उनले ३५ बल खेली ४ चौका प्रहार गरे । विलियम बोसिस्टो २४ बलमा १६, बाबर हायत ९ बलमा १३, चाडविक वाल्टन र सोमपाल समान ११, देव खनाल ७, गुलशन झा २ रन र प्रतियोगितामा पहिलो खेल खेलीरहेका रित गौतम शून्यमा आउट भए ।

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका